PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

सिन्धुपाल्चोकमा कोरोना संक्रमित शून्य



पहिलोपोस्ट

सिन्धुपाल्चोकमा कोरोना संक्रमित शून्य
तस्विर : स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको फेसबुकबाट

काठमाडौं : सिन्धुपाल्चोक जिल्लामा कोभिड-१९ संक्रमितको संख्या शून्य भएको छ।

कोरोना परीक्षणका लागि स्वाब टेकु पठाइएका एक जनाको रिपोर्ट नेगेटिभ आएसँगै कोरोना संक्रमितको संख्या शून्य भएको जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ अधिकृत दुर्गादत्त चापागाईंले जानकारी दिए। 'आज एक जना व्यक्तिको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ। यससँगै जिल्लामा संक्रमितको संख्या शून्य भएको हो,’ उनले भने।

वरिष्ठ जनस्वास्थ्य अधिकृत चापागाईंले शून्य संक्रमणको अवस्था भए पनि पुन: संक्रमण देखिन सक्ने जोखिम कायम नै रहेकाले सतर्कता अपनाउन आग्रह गरे।

सिन्धुपाल्चोकमा ६५ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको थियो। जसमध्ये ६३ जना संक्रमण मुक्त भएर घर फर्किएका छन्। २ जनाको निधन भएको छ। नेपालमा कोरोनाबाट पहिलोपटक बाह्रबिसेकी २९ बर्षीया महिलाको मृत्यु भएको थियो। त्यस्तै पाँचपोखरी थाङपालधाप गाउँपालिकाको वडा नम्बर ६ का ४५ वर्षिया पुरुषको निधन भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell