PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

मास्क नलगाउने एक हजार भन्दा बढीलाई प्रहरीले गर्‍यो कारबाही 



पहिलोपोस्ट

मास्क नलगाउने एक हजार भन्दा बढीलाई प्रहरीले गर्‍यो कारबाही 

जनकपुरधाम : गृह मन्त्रालयको परिपत्रपश्चात मास्क नलगाउनेलाई धनुषा प्रहरीले धमाधम कारबाही गर्न थालेको छ। जनकपुरमा बिहानैदेखि मास्कबिना हिड्नेहरूलाई धनुषा प्रहरीले कारबाही गरेको हो।

आज मात्र मास्क नलगाई हिड्ने एक हजार भन्दा बढ़ी व्यक्तिलाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

जनकपुरको जिरोमाइल चोकमा मात्र एक सय भन्दा बढ़ी व्यक्तिलाई कारबाही स्वरूप दुई घण्टा नियत्रणमा राखेर सम्झाई बुझाई छोडिएको वडा प्रहरी कार्यालय जिरोमाईल चौकीका प्रमुख सई देव झाले जानकारी दिए। मास्क नलगाउने व्यक्तिहरुलाई दुई घण्टासम्म जिरोमाइलमा रहेको पार्कमा थुनेर राखिएको थियो।

कोरोनाका कारण पछिल्लो समय प्रदेश नम्बर २ का वीरगंज र राजविराजमा निषेधाज्ञा जारी गरिएको छ। संक्रमण फैलिन नदिन मास्क प्रयोग अनिवार्य गर्न गराउन यतिबेला प्रहरी सक्रिय भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell