PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

सरिता गिरीको ठाउँमा लिलादेवी सिटौला बनिन् सांसद



पहिलोपोस्ट

सरिता गिरीको ठाउँमा लिलादेवी सिटौला बनिन् सांसद

काठमाडौं : समाजवादी पार्टीबाट लिलादेवी सिटौला सांसद बनेकी छिन्। सरिता गिरीलाई पार्टीबाट निष्काशित गरेपछि रिक्त ठाउँमा सिटौलालाई समानुपातिकतर्फ सांसद बनाइएकाे हो।

निर्वाचन आयोगमा समाजवादीले बुझाएको समानुपातिक सांसदको बन्द सूचीमा ‍गिरीपछि सिटौलाको नाम थियो।

सोही आधारमा आयोगले सिटौलालाई प्रतिनिधि सभाको सांसद निर्वाचित गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।

संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्न दिएको ह्वीप उल्लंघन गरेको भन्दै गिरीलाई पार्टीले साधारण सदस्य नरहने गरी कारबाही गरेको थियो। सो निर्णयले उनको सांसद पद गुमेको थियो।

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भएर अहिले जनता समाजवादी पार्टी बनेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell