PahiloPost

Jul 20, 2026 | ४ साउन २०८३

सुदूरपश्चिममा थप १७ जनामा कोरोना पुष्टि, २ वर्षीया बालिका र ५ वर्षीय बालक पनि संक्रमित



एम बम

सुदूरपश्चिममा थप १७ जनामा कोरोना पुष्टि, २ वर्षीया बालिका र ५ वर्षीय बालक पनि संक्रमित

कैलाली : धनगढीमा गरिएको परीक्षणमा सोमवार थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा एक सय ९७ जनाको कोरोना परीक्षण भएकोमा थप १७ जनामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा १४ जना पुरुष र तीन जना महिलामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

अछामको मेल्लेख गाउँपालिकाका तीन जना महिला र १३ जना पुरुषमा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए। जसमा एक २ वर्षीया बालिका समेत रहेकी छन्। यस्तै, दार्चुलाका ५ वर्षीय बालकमा समेत कोरोना पुष्टि भएको छ।

योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या चार हजार दुई सय ४३ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell