काठमाडौं : सोमवार थप १ सय ३९ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा गरिएको परीक्षणमा १ सय ३९ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
सोमवार ६ सय २६ जना डिस्चार्ज भएका छन् भने जम्मा डिस्चार्ज हुनेको संख्या १३ हजार ७ सय ५४ छ। सोमवार देशभर संक्रिय संक्रमितको संख्या ४ हजार ९ सय ५० रहेको गौतमले जानकारी दिए।
हालसम्म कुल संक्रमितको संख्या १८ हजार ७ सय ५२ पुगेको छ।
