काठमाडौं : सोमवार काठमाडौं उपत्यकामा ६ जना कोभिड-१९ संक्रमित थपिएका छन्।
पाटन अस्पतालमा ललितपुरका ३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। नियमित प्रेस ब्रिफिङमा गौतमले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा काठमाडौंका १ जना र स्टार अस्पतालमा ललितपुरका २ जनामा संक्रमण देखिएको बताए।
सोमवार देशभर १ सय ३९ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। हालसम्म संक्रमितको संख्या १८ हजार ७ सय ५२ पुगेको छ।
