PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

महाबौद्धका भारतीय व्यापारी र कामदारमा कोभिड १९ देखिएपछि बजारका सटरमा लाग्यो ताला

महाबौद्धका भारतीय व्यापारी र कामदारमा कोभिड १९ देखिएपछि बजारका सटरमा लाग्यो ताला

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : लकडाउन खुकुलो भएसँगै खुल्न थालेको महाबौद्ध बजार आजबाट फेरि बन्द भएको छ। प्रधान कम्पलेक्स अगाडि व्यापार गर्दै आएका पाँच जनामा कोभिड १९ संक्रमण देखिएपछि बजार नै बन्द गरिएको हो।

लकडाउन खुलेपछि संचालनमा आएको बजारमा लकडाउन अन्त्यसँगै भीड बढेको थियो। संक्रमित भेटिएसँगै महाबौद्ध पुन: सुनसान देखिएको छ।

करिब २० दिन अघि भारतको सितापुरबाट आएका दुईजनामा कोरोना संक्रमण देखिएको थियो। भारतबाट आएर व्यापार संचालन गरेका उनीहरुमा संक्रमण देखिएसँगै लकडाउन खुलेपछि व्यस्त रहको बजारमा त्रास फैलिएको छ। काठमाडौं फर्किएको केहीदिनपछि टाउको दुख्ने , श्वास प्रश्वासमा समस्या आएपछि उनीहरु कोरोना परीक्षणका लागि टेकु पुगेका थिए। परीक्षणका क्रममा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो।

दुई जनामा संक्रमण देखिएपछि गरिएको परीक्षणमा उनीहरुका बुबा र आमामा समेत संक्रमण देखिएको थियो। साथै पसलमा काम गर्ने कामदारमा समेत कोभिड १९ पोजेटिभ देखिएको थियो।

शनिवार नै वडा २७ ले पसलहरु बन्द गर्न आग्रह गरे पनि व्यापारीले आइतवार पसल खुल्ला राखेका थिए। परिवारका अन्य सदस्य सहित कामदारमा समेत संक्रमण देखिएपछि वडाले प्रहरी र अन्य सरोकारवाला निकाय संग छलफल गरेर बजार बन्द गराएको हो।

वडा २७ का वडा अध्यक्ष चिनियाँमान बज्राचार्यका अनुसार हाल संक्रमित रहेको क्षेत्रमा व्यापार व्यवसाय संचालन गर्दै आइरहेका र संक्रमितको सम्पर्कमा आएकाहरुको कोरोना परीक्षण गर्ने तयारी भइरहेको छ। संक्रमितहरुको पसल खोलेपछि कोको त्यहाँ आएका थिए भनेर पहिचान गर्न भने गाह्रो हुने बताइएको छ। त्यसैले लकडाउन अन्त्य भए पनि बजारमा आउजाउ गर्दा सर्तकता अपनाउन आग्रह गरिएको छ।

सरकारले लकडाउन खुकुलो गएसँगै बजारमा बढेको भीड लकडाउन अन्त्य सँगै झनै बढेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell