काठमाडौं : बारामा सोमवार एक जना कोभिड १९ संक्रमितको निधन भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बारा फेटा गाउँपालिका वडा नम्बर ३ का ६० वर्षीय पुरुषको निधन भएको जानकारी दिए।
नियमित प्रेस ब्रिफिङमा गौतमले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा संक्रमितको निधन भएको बताए। निमोनिया र मिर्गौला सम्बन्धी रोग तथा मष्तिस्क घातबाट ग्रसित पुरुषको उपचारका क्रममा निधन भएको हो। नेपालमा कोभिड १९ संक्रमित मृतकको संख्या ४८ पुगेको छ।
