PahiloPost

Apr 29, 2026 | १६ बैशाख २०८३

उपत्यका प्रवेश गर्नेहरुको नागढुंगामा स्वाब संकलन, पैदलदेखि सवारी साधनमा आउने सबैको परीक्षण

उपत्यका प्रवेश गर्नेहरुको नागढुंगामा स्वाब संकलन, पैदलदेखि सवारी साधनमा आउने सबैको परीक्षण

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : विभिन्न जिल्लाबाट उपत्यका प्रवेश गर्नेहरुको नागढुंगा नाकामा स्वाब संकलन गरिएको छ। उपत्यका प्रवेश गर्ने पैदलयात्रुदेखि सवारी साधनमा आउने सबैको स्वाबको स्याम्पल लिइएको हो।

स्वाब संकलन कोरोनाको बढी प्रभाव रहेका जिल्लाहरुबाट आउनलेलाई प्राथमिकतामा राखिएको छ। उपत्यका छिर्नेहरुमा कोभिड-१९ को संक्रमण भए नभएको थाहा पाउनका लागि स्वास्थ्यकर्मीहरुको टोली खटिएको छ।

तीन दिनअघि देखि नागढुंगामा स्वाब संकलन गर्न शुरु गरिएको हो। नागढुंगामा आइतवार सम्ममा १ हजार २६६ जनाको स्वाब संकलन गरिएको छ। उपत्यका भित्रन लागेका मानिसको नाम, ठेगाना, मोबाइल नम्बर तथा उनीहरु पुग्ने गन्तव्यसम्मको पूरा विवरण संकलनसँगै थ्रोट स्वाब लिइएको हो।

उपत्यका छिर्ने अन्य नाकामा पनि यसैगरी परीक्षण गरिएको छ। साँगा र फर्पिङमा पनि स्वाब लिन थालिएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell