PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

राखेपको सदस्य सचिवमा पुनः रमेशकुमार सिलवाल नियुक्त



पहिलोपोस्ट

राखेपको सदस्य सचिवमा पुनः रमेशकुमार सिलवाल नियुक्त
फाइल फोटो।

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा रमेशकुमार सिलवाल नियुक्त भएका छन्। आज बसेको मन्त्रिपरिषद्को बैठकले सिलवाललाई सदस्य सचिवमा नियुक्त गरेको हो।

नयाँ खेलकुद विकास ऐन आएपछि सदस्य सचिव पद खाली भएको थियो। जसका लागि मन्त्रालयले असार २८ गते दरखास्त आह्वान गरेको थियो।

सदस्य सचिवका लागि २७ जनाले आवेदन दिएका थिए। त्यसमा खेलकुद मन्त्रालयबाट गठित तीन सदस्यीय कमिटीले अञ्जु श्रेष्ठ र लीलबहादुर थापा र सिलवालको नाम सिफारिस गरेको हो।

दक्षिण एसियाली खेलकुद साग सफलताका साथ सम्पन्न गरेको जस लिएका सिलवाल अघिल्लो वर्ष असार महिनामा सदस्य सचिवमा नियुक्त भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell