काठमाडौँः सरकारले मधुकुमार मरासिनीलाई सचिवमा बढुवा गरेको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले मरासिनीलाई सचिवमा बढुवा गरेको हो।
भ्रष्टाचार मुद्दाबाट हालै सफाइ पाएका सहसचिव चन्द्रमान श्रेष्ठ, तथा सहसचिव गोकर्णमणि दवाडी र मरासिनीको नाम सचिवका लागि सिफारिस भएको थियो। जसमा मरासिनीलालाई बढुवा गरेको हो। मरासिनी प्रदेश ५ को आर्थिक मामिला तथा योजना मन्त्रालयमा सचिव छन्।
यस्तै, बैठकले रेडियो नेपालको कार्यकारी निर्देशकमा बुद्धिबहादुर केसीलाई नियुक्त गरेको छ। खुला प्रतिस्पर्धाबाट केसी कार्यकारी निर्देशक नियुक्त भएका हुन्। केसी रेडियो नेपालकै कर्मचारी हुन्।
यस्तै, मन्त्रिपरिषद्ले राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवमा रमेश सिलवाललाई पुनः नियुक्त गरेको छ। उपाध्यक्षमा शिव कोइरालालाई नियुक्त गरेको छ।
यस्तै, बैठकले समाज कल्याण परिषदको उपाध्यक्षमा डा. पदम खतिवडालाई नियुक्त गरेको छ। परिषदको सदस्यमा पुष्कर खातीलाई नियुक्त गरिएको छ।
