PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

प्रद्युम्न कार्की र निरजबहादुर शाही एआइजीमा बढुवा



पहिलोपोस्ट

प्रद्युम्न कार्की र निरजबहादुर शाही एआइजीमा बढुवा

काठमाडौं : नेपाल प्रहरीमा रिक्त रहेको अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी)मा डीआइजीद्वय निरजबहादुर शाही र प्रद्युम्न कार्की बढुवा भएका छन्। आजको मन्त्रि परिषद् वैठकले बढुवाको निर्णय गरेको हो।

डीआइजीद्वय निरजबहादुर शाही र प्रद्युम्न कार्कीको नाम केही साता अधि बढुवामा सिफारिसमा परेको थियो। शाही पहिलो नम्बरमा बढुवा सिफारिसमा परेका थिए।

सिफारिसमा परेका दुवै जना प्रहरी महानिरीक्षक (आइजीपी) शैलेस थापा क्षेत्रीसँगै सेवा प्रवेश गरेका हुन्। थापा महानिरीक्षकमा नियुक्त र अर्का एआइजी तारणीप्रसाद लम्साल ३० वर्षे सेवा अवधिका कारण अवकाश पाएपछि दुई दरबन्दी रिक्त थियो।

२०४९ वैशाख १९ मा नेपाल प्रहरीमा प्रवेश गरेका एउटै समूहका हरिबहादुर पाल यसअघि एआइजी भइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell