PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

त्रिवि शिक्षाशास्त्र संकायतर्फ स्नातक र स्नातकोत्तर तहको परीक्षा भदौ अन्तिम साताबाट शुरु हुने



पहिलोपोस्ट

त्रिवि शिक्षाशास्त्र संकायतर्फ स्नातक र स्नातकोत्तर तहको परीक्षा भदौ अन्तिम साताबाट शुरु हुने

काठमाडौं : त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायतर्फको सेमेस्टर प्रणालीमा आधारित स्नातक र स्नातकोत्तर तहको परीक्षा भदौ अन्तिम साताबाट शुरु हुने भएको छ। डीनको कार्यालय, परीक्षा नियन्त्रण महाशाखाले सूचना जारी गर्दै सो जानकारी दिएको हो।

जसअन्तर्गत स्नातक तह प्रथम सेमेस्टर र स्नातकोत्तर तह प्रथम सेमेस्टरको परीक्षा भदौको अन्तिम साताबाट शुरु हुने भएको छ। त्यस्तै, स्नातक तह आठौँ सेमेस्टर र स्नातकोत्तर तह दोस्रो सेमेस्टरको परीक्षा असोज पहिलो हप्ताबाट शुरु हुनेछ।

यसैगरी, स्नातक प्रथम र छैँठौ सेमेस्टरको असोज तेस्रो हप्ता तथा स्नातकोत्तर तह चौँथो सेमेस्टरको परीक्षा असोज चौँथो हप्ता बाट शुरु हुने।

विस्तृत परीक्षा तालिका पछि सार्वजनिक गर्ने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell