PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

ऐश्वर्या र आराध्या डिस्चार्ज हुँदा अमिताभको आँखामा आँशु



पहिलोपोस्ट

ऐश्वर्या र आराध्या डिस्चार्ज हुँदा अमिताभको आँखामा आँशु

कोभिड १९ परीक्षणमा बुहारी ऐश्वर्या र नातिनी आराध्याको नेगेटिभ रिजल्ट आएपछि बलिउड आइकन अमिताभ बच्चनले खुशी प्रकट गरेका छन्। उनले खुशी र राहत मिलेको भन्दै सोसल मिडियामा पोस्ट गरेका गरेका हुन्।

आफ्नो नातिनी र बुहारी अस्पतालबाट घर फर्केकको खुशीमा आफूलाई रोक्न नसकेको भन्दै उनले इन्स्टाग्राममा पोस्ट गरेका छन्। उनले यसका लागि भगवानलाई धन्यवाद दिएका छन्। आँशु झर्नबाट रोक्न नसकेको जनाएका छन्।

त्यसअघि अभिषेक बच्चनले ट्विट गर्दै ऐश्वर्या राय र उनकी छोरी आराध्या कोरोना भाइरस मुक्त हुँदै अस्पतालबाट डिस्चार्ज भएको खुलासा गरेका थिए। अभिषेक बच्चनले सबै समर्थकलाई शुभेच्छाका लागि धन्यवाद दिएका छन्। 'उनीहरु दुवै अब घरमा हुनेछन्। म र बुबा (अमिताभ) उपचारका क्रममा अझै अस्पतालमा नै छौं,' अभिषेकले भनेका छन्।

जया बच्चनबाहेक उनीहरुको परिवारका सबैमा कोरोना भाइरस संक्रमण देखिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell