PahiloPost

Jun 24, 2026 | १० असार २०८३

अनलाइनबाट सामान खरिद गर्दा ध्यान दिनुहोला, ठगिनसक्ने यस्तो छ सम्भावना



पहिलोपोस्ट

अनलाइनबाट सामान खरिद गर्दा ध्यान दिनुहोला, ठगिनसक्ने यस्तो छ सम्भावना

काठमाडौः प्रविधिको विकाससँगै पछिल्लो समय अनलाईन सपिङ गर्ने ट्रेन्ड बढ्दै गएको छ। सामान तथा बस्तु बिक्री गर्ने नाममा खोलिएका केही अनलाइन सपिङले ठगी गर्ने समेत गरेको खुलेको छ। त्यस्तै मध्ये Sabizzcourier Service नामको अनलाइन सेवाग्राहीलाई ठगी गरेको भेटिएको छ।

महानगरीय अपराध महाशाखाको टोलीले ठगी गरेको अभियोगमा धनुषा सवैला गाउँपालिका वडा नम्बर ३ का २४ वर्षीय धिरज साहलाई नियन्त्रणमा लिएको छ। उनले संचालन गरेको अनलाइन सपिङमा सेवाग्राहीले सामान किन्नको लागि रकम दिएको तर सामान डेलिभरी नगरेर ठगी गरेको उजुरी पछि प्रहरीले साहलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ। अहिलेसम्म साहले २ लाख ७९ हजार रुपैयाँ ठगी गरेको उजुरी परिसकेको छ।

ठगीका उदाहरण

सेवाग्रहीले बेबी कार सिट मगाउनका लागि इसेबा बाट नौ हजार रुपैयाँ पठाएकोमा सामान नल्याइको र रकम माग गर्दा फिर्ता नदिएको, भारतको दिल्लीबाट साडी कुर्था, कपडाहरु नेपाल ल्याउनको लागि होम डेलीभरी गराई दिने भनी ७७ हजार ७०० रुपैयाँ दिएकोमा समान डेलीभरी नगरी ठगी गरेको प्रहरीले जनाएको छ।

सिको घडी मगाउनको लागि ४९ हजार ५ सय ५० रुपैयाँ  दिएकोमा सामान डेलिभरी नगरी ठगी गरेको।

जेन्स कपडा, जुत्ता होम डेलीभरीको लागि १४ हजार ८ सय ७५ रुपैयाँ  दिएकोमा समान डेलिभरी नगरी ठगी गरेको प्रहरीले जनाएको छ।

मोबाईल अर्डर गरी होम डेलीभरिका लागि ७३ हजार ७ सय रुपैयाँ दिएकोमा समान डेलीभरी नगरी ठगी गरेको प्रहरीको भनाइ छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell