PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

बाग्लुङमा पहिरोले घर पुरिदाँ तीन जना बालबालिकासहित चार जनाको मृत्यु



पहिलोपोस्ट

बाग्लुङमा पहिरोले घर पुरिदाँ तीन जना बालबालिकासहित चार जनाको मृत्यु
फाइल फोटो

काठमाडौः लगातार परेको वर्षाको कारण घर भत्किदा बाग्लुङमा तीन जना बालबालिका सहित चार जनाको मृत्यु भएको छ।

तमानखोला र निसीखोला गाउँपालिकामा पुरिएर एक बालिका सहित दुई बालकको मृत्यु भएको हो। तमानखोला गाउँपालिका वडा नम्वर २ का १३ वर्षीय खिमबहादुर विक र १२ वर्षीय रिता विकको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय बाग्लुङ्का प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए। ' राति तीन बजेतिर घर भत्किएर पुरिदाँ तीन जना बालबालिकाको मृत्यु भएको हो।' प्रजिअ न्यौपानेले भने।

उनीहरुसँगै सुतेकी बालबालिकाकी आमा भने बच्न सफल भएकी छिन्। मृतकका बाबु भने वैदेशीक रोजगारीको सिलसिलामा विदेशमा छन्। त्यस्तै निसीखोला गाउँपालिकामा भने ५ वर्षीय समिर परियारको मृत्यु भएको हो।

त्यस्तै निसीखोला गाउँपालिकामा नै अन्दाजी ६० वर्षीया एक महिलाको शव खोलाको छेउमा फेला परेको छ। उनको पहिचान खुलेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell