PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

सन् २०३२ मा ओलम्पिक आयोजना गर्ने कतारको प्रस्ताव



पहिलोपोस्ट

सन् २०३२ मा ओलम्पिक आयोजना गर्ने कतारको प्रस्ताव

कतारले सन् २०३२ को ओलम्पिक आयोजनाको प्रस्ताव गरेको छ। कतार ओलम्पिक कमिटीले सोमवार औपचारिक रुपमा १२ वर्षपछिको ओलम्पिक र पाराओलम्पिक आयोजनाका लागि संवाद अघि बढाएको जनाएको हो।

कतारले स्वीजरल्याण्डस्थित अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीलाई पत्र पठाउँदै मध्यपूर्वमा पहिलो पटक खेलकुदको सबैभन्दा ठूलो इभन्ट आयोजनाको प्रस्ताव गरेको हो।

'ओलम्पिक गेम यसअघि कहिल्यै पनि मध्यपूर्वमा भएको छैन। ओलम्पिक रिङ विश्वको शान्ति, एकता र आशाको प्रतीक हो, जसमा हाम्रो क्षेत्र पनि पर्दछ।' कतार ओलम्पिक कमिटीका अध्यक्ष जोआन बिन हमाद खलिफा अल थानीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'आजको घोषणा आइओसीसँगको अर्थपूर्ण संवादको सुरुवात हो। जसले कसरी ओलम्पिक गेमले कतारको दीर्घकालीन विकासको लक्ष्यलाई सहयोग गर्नेछ भन्ने देखाउने छ।'

कतारले त्यसअघि नै सन् २०२२ मा फिफा विश्वकप आयोजना गर्दैछ। त्यसका लागि तीब्र तयारीमा कतार लागेको छ। यसैबीच कतारले ओलम्पिक आयोजनाको अर्को महत्वाकांक्षी योजना अघि सारेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell