PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

नेकपा स्थायी कमिटी अनिश्चितकालका लागि स्थगित



पहिलोपोस्ट

नेकपा स्थायी कमिटी अनिश्चितकालका लागि स्थगित

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।

आज ११ बजेका लागि बोलाइएको बैठक अर्को सूचना नआउन्जेलसम्मका लागि स्थगित भएको केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिए।

साउन ६ गते १ घण्टा बसेर एक साताका लागि स्थगित भएको थियो। नेकपा किचलो उत्कर्षमा पुगेपछि बैठक नै रोकेर सहमतिको प्रयास हुँदै आएको छ। तर, नेकपाको किचलो साम्य हुन सकेको छैन।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले एक पदबाट राजीनामा गर्नुपर्ने माग राख्दै आएको छ। तर ओली राजीनामा नदिने अडानमा छन।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell