PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

प्रहरीमा कोभिड १९ संक्रमण : अहिलेसम्म एसपीसहित १८४ जनामा देखियो पोजेटिभ, हेडक्वार्टरका २७ जनामा पुष्टि



पहिलोपोस्ट

प्रहरीमा कोभिड १९ संक्रमण : अहिलेसम्म एसपीसहित १८४ जनामा देखियो पोजेटिभ, हेडक्वार्टरका २७ जनामा पुष्टि

काठमाडौं : नेपाल प्रहरीको मुख्य कार्यालय नक्सालमा कार्यरत २७ जनामा प्रहरीमा  कोभिड १९ पुष्टि भएको छ।

शुरुमा ४ जनामा संक्रमण देखिएपछि उनीहरूसँग सम्पर्कमा आएका अन्यको परीक्षण गर्दा थप केही प्रहरीमा कोभिड १९ देखिएको हो। प्रहरी अस्पतालमा गरिएको परीक्षणमा अहिलेसम्म २७ जनामा कोभिड देखिएको नेपाल प्रहरीका नवनियुक्त एआइजी नीरजबहादुर शाहीले जानकारी दिए।

कोभिड देखिएका प्रहरीलाई उपचारको लागि अस्पताल भर्ना गरिएको छ। त्यस्तै उनीहरूसँग सम्पर्कमा आएका प्रहरीलाई क्वारेनटाइनमा राखिएको छ। 'हामीले सबै सुरक्षाको व्यवस्था मिलाएका छौँ। सम्पर्कमा आएका सबैको कन्ट्रयाक ट्रेसिङ हुन्छ,' शाहीले भने।

यसरी कोभिड देखिएकामध्ये धेरै सवारी शाखा र सञ्चार शाखाका रहेका छन्। यी दुई शाखालाई पूर् णरुपमा सिल गरिएको छ। उनीहरूलाई कोभिड संक्रमण कसरी भयो भन्ने खुलेको छैन।

त्यस्तै सोमवारमात्र स्याङ्जा जिल्लाका प्रहरी प्रमुख एसपीसहित १८ जना प्रहरीमा कोभिड देखिएको थियो। १ नम्बर प्रदेश प्रहरी कार्यालयमा कार्यरत १९ जनामा आइतबार कोभिड पोजेटिभ पुष्टि भएको थियो।

अहिलेसम्म १ सय ८४ जना प्रहरीमा कोभिड १९ सङ्क्रमण देखिसकेको छ। जसमध्ये ९९ जना उपचारपछि काममा फर्किसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell