PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

ट्वीटर ट्रेन्डप्रति डोनाल्ड ट्रम्पको आक्रोश : मलाई सकेसम्म नराम्रो देखाउने प्रयास हुँदैछ



पहिलोपोस्ट

ट्वीटर ट्रेन्डप्रति डोनाल्ड ट्रम्पको आक्रोश : मलाई सकेसम्म नराम्रो देखाउने प्रयास हुँदैछ
USA today

मंगलवार बिहानै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक ट्वीट लेखे। ट्वीटमा उनले माइक्रो ब्लगिङ साइट ट्वीटरको ट्रेन्डिङप्रति गुनासो व्यक्त गरेका छन्। आफ्नो नाम सधैं ट्रेन्‍डिङमा भए पनि कहिल्यै सकारात्मक तरिकाले नभएको बताए।

लेखेका छन्,'ट्वीटरको तथाकथित ट्रेन्डिङ घृणा लाग्दो छ जहाँ मेरो नाम प्राय ट्रेन्डमा हुन्छ तर कहिले पनि सकारात्मक तरिकाले हुँदैन।'

मानिसहरूले आफूलाई सकेसम्म नकारात्मक पुष्टि गर्न खोजेको उनको आरोप छ। लेखेका छन्,'उनीहरू मेरोमा जानकारी राख्छन्। त्यसलाई उडाउँछन्। ट्रेन्डमा ल्याउँछन्।' 

यसो गर्नु निकै हास्यास्पद, अवैध र अनुचित भएको उनको तर्क छ।

ट्रम्पको ट्वीट ७ घण्टामै ६५ हजारभन्दा बढी पटक रिट्वीट भइसकेको छ। कमेन्टमा मानिसहरूले ट्रम्पलाई व्यङ्ग्य र प्रश्न गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell