PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

मलेसियाका पूर्व प्रधानमन्त्री भ्रष्टाचारको आरोपमा दोषी ठहर



पहिलोपोस्ट

मलेसियाका पूर्व प्रधानमन्त्री भ्रष्टाचारको आरोपमा दोषी ठहर
REUTERS

मलेसियाका पूर्व प्रधानमन्त्री नजीब रजाक भ्रष्टाचारको आरोपमा दोषी ठहरिएका छन्। उनीमाथि वन.एम.डी.बी नामक सरकारी फन्डको दूरुपयोगको आरोप लागेको थियो।

बीबीसीका अनुसार नजीबमाथि सात फरक अभियोग लागेको थियो। उनले ४२ मिलियन रिंगित (१० मिलियन डलर) सरकारी फन्डमार्फत् व्यक्तिगत् खातामा जम्मा गरेको पुष्टि भएको बताइएको छ। मंगलवार उनीविरुद्‍ध लागेका अभियोग सही ठहर गर्दै फैसला भएको हो।

पूर्व प्रधानमन्त्रीसँग जोडिएको यी अभियोगहरूलाई मलेसियाको कानूनी व्यवस्था र भ्रष्टाचारविरुद्धको लडाईको परीक्षाको रुपमा लिइएको थियो।

नजीबले भने आफूविरुद्धको आरोपहरूको खण्डन गर्दै आएका थिए। २००९ देखि २०१८ सम्म सत्तामा रहेका उनी दुई वर्षअघिको चुनाव पछि सत्ताबाट बाहिरिए।

उनले आफ्ना आर्थिक सल्लाहकार झो लोका कारण फसेको दाबी गर्दै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell