PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

भारतमा कोरोना : ५ लाखभन्दा बढीको परीक्षण गर्दा करिव ४८ हजारमा संक्रमण पुष्टि



पहिलोपोस्ट

भारतमा कोरोना : ५ लाखभन्दा बढीको परीक्षण गर्दा करिव ४८ हजारमा संक्रमण पुष्टि
Getty Images

पछिल्लो २४ घण्टामा भारतमा ४७ हजार ७ सय ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। त्यस्तै सोमवार मात्रै संक्रमणका कारण मर्नेको संख्या ६ सय ५४ रहेको छ।

भारतको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कका अनुसार त्यहाँ हालसम्म १४ लाख ८३ हजार १ सय ५७ जनामा संक्रमण देखिएको छ। जसमध्य ४ लाख ९६ हजार ९ सय ८८ केस सक्रिय छन्। संक्रमितमध्य ३३ हजार ४ सय २५ जनाको मृत्यु भइसकेको छ।

आइसीएमआरको अनुसार सोमवार मात्र ५ लाख २८ हजार ८२ जनाको स्वाब टेस्ट भएको थियो। सोमवारसम्ममै त्यहाँ १ करोड ७३ लाख ३४ हजार ८ सय ८५ जनाको परीक्षण भइसकेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell