PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

नेकपा स्थायी कमिटी : ओलीले स्थगित गरेलगत्तै प्रचण्ड-नेपाल बालुवाटारमा, धुम्वाराहीमा बैठक राख्ने चेतावनी



पहिलोपोस्ट

नेकपा स्थायी कमिटी : ओलीले स्थगित गरेलगत्तै प्रचण्ड-नेपाल बालुवाटारमा, धुम्वाराहीमा बैठक राख्ने चेतावनी

काठमाडौं: प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओलीले मंगलबार बस्ने भनिएको बैठक स्थगित गरे पनि अर्का अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता माधव नेपाल भने बैठकका लागि बालुवाटार पुगेका छन्।

बैठक जसरी पनि राख्नुपर्ने नभए पार्टी कार्यालय धुम्बाराहीमा राख्ने उनीहरुको अडान छ। बैठकका लागि बालुवाटार पुगेका प्रचण्ड-नेपाल निकट एक स्थायी समिति सदस्यका अनुसार प्रचण्ड, नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ बैठक बस्ने भनेरै बालुवाटारमा भेला भएको बताए।

ओलीले बैठक स्थगित गरेको जानकारी स्थायी समिति सदस्यलाई दिएको भन्दै प्रचण्ड-नेपालले आफू निकटका स्थायी समिति सदस्यलाई बालुवाटारमा बोलाएका छन्। 'अब आधा घण्टामा बस्ने भनेर हामी बालुवाटारमा छौं। अरु नेताहरुलाई पनि बोलाएकोले बाटोमा आउँदै हुनुहुन्छ,' उनले भने। ओलीले ११ वजेका लागि बोलाइको बैठक दुई अध्यक्षले सचिवालयमा प्रस्तुत हुने प्रस्ताव पारित भएपछि मात्रै बस्ने भन्दै बैठक अनिश्चित कालका लागि स्थगित गरेका थिए।

साउन ६ गते केहीबेर बसेको स्थायी कमिटी बैठक १३ गते सम्मका लागि स्थगित भएको थियो। असार १० गते सुरु भएको बैठक महिना दिन भन्दा बढि समयसम्म अनिर्णित बनेको छ।

ओलीको राजीनामा माग्दै चर्किएको नेकपा विवाद ओली प्रचण्डको पछिल्लो दिनको तिक्तताले झनै चर्किएको छ। पछिल्लो समय एक्ला एक्लै वार्तामा रहेका ओली प्रचण्डबीच केही दिनयता सवांदसमेत हुन सकेको छैन। ओलीले मंसिरमा महाधिवेशन गरेर प्रचण्डलाई एकल अध्यक्षका लागि प्रस्ताव गरेको भए पनि प्रचण्डले अस्वीकार गरेर थप रणनीतिमा लागेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell