PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

काठमाडौंमा १५ केजी सुन बरामद



पहिलोपोस्ट

काठमाडौंमा १५ केजी सुन बरामद

काठमाडौँ : अबैधरुपमा भित्र्याएको सुन प्रहरीले बरामद गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले कमलादीबाट १५ केजी सुन बरामद गरेको हो। काठमाडौंको कमलादीबाट सुन बरामद भएको एक प्रहरी अधिकृतले जानकरी दिए।

'सुन भनेर बरामद गरेका हौं। सुन हो कि होइन चेक गराउन बाँकी छ।' एक प्रहरी अधिकृतले भने। प्रहरीले फलो गरिरहेका एक मानिसले गाडीबाट झोला फ्याँलेर भागेका थिए। झोलामा हेर्दा सुन फेला परेको प्रहरीले जानकारी दिएको छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। त्यस्तै प्रहरीले दुई थान हतियार समेत बरामद गरेको छ। प्रहरीले बरामद गरेको

बरामद बस्तु सक्कली सुन भएको खण्डमा अहिलेको बजार मूल्य अनुसार १२ करोड रुपैयाँ बराबर हुन आउँछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell