PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

प्रचण्ड-नेपालले स्थायी कमिटी बैठक बोलाए बहिस्कार गर्ने ओली गुटको चेतावनी



प्रकाश भण्डारी

प्रचण्ड-नेपालले स्थायी कमिटी बैठक बोलाए बहिस्कार गर्ने ओली गुटको चेतावनी

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को मंगलवारका लागि बोलाइएको बैठक अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले सहमति बिनै स्थगित गरेको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठक बोलाउने तयारी गरेका छन्।

ओलीले बैठक स्थगित गरेपछि वालुवाटार पुगेका प्रचण्ड, बरिष्ठ नेता माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ लगायतका नेताले बैठक बोलाउन भन्दै बालुवाटारमा छलफल गरिरेहको प्रचण्ड निकट एक नेताले जानकारी दिए। उनीहरुको छलफलमा ओली निकट नेता तथा महासचिव बिष्णु पौडेल पनि सहभागी छन्।

बालुवाटारमा बैठक राख्न ओली सहमत नभए पार्टी कार्यालय धुम्बाराहीमा बैठक राख्नेगरी छलफल भइरहेको ती नेताले बताए। उनका अनुसार ओली समूहका नेता पौडेल बाहेकका नेता भने बैठक स्थगित भएको भन्दै बालुवाटारबाट घर फर्किएका छन्।

प्रचण्ड नेपाल समूहका २० जना भन्दा बढि बालुवाटारमा जम्मा भएका छन्। 'हामी २० जना भन्दा बढि छौ। बैठक बस्ने नै भनेर छलफल भएको छ। उताको कोही नेता सहभागी छैन,' प्रचण्ड निकट नेताले भने।

ओली समूहका नेताहरुले भने प्रचण्ड समूहले बैठक बोलाए बहिष्कार गर्ने चेतावनी दिएका छन्।

'बैठक स्थगित भयो, अब आज बस्दैन'

यता नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले आज अब बैठक नबस्ने बताए।

उनले पार्टी कार्यालयले सूचना जारी गरिसकेका लागि आज बैठक बस्ने नसक्ने दाबी गरे। 'उहाँहरुले किन भेला गर्नुभएको हो थाहा भएन। तर, बैठक आधिकारिक रुपमै स्थगित भएको छ,' उनले भने। उनले अहिले स्थायी समिति सदस्य स्थगित भएको सूचना पाएर घर पुगिसेको बताए। प्रचण्डले बैठक बोलाए घर पुगेका स्थायी समिति सदस्य बैठकमा सहभागी नहुने उनको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell