काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संखुवासभा सदस्य राजन कोइराला र तेण्डी शेर्पालगायत १० जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
नेपाली कांग्रेसका महामन्त्री शंशाक कोइरालाले उनीहरुलाई पार्टी प्रवेश गराए। काठमाडौंको महाराजगन्जस्थित कोइराला निवासमा भएको एक कार्यक्रममा महामन्त्री कोइरालाले उनीहरुलाई पार्टी सदस्यता प्रदान गरे।
उक्त अवसरमा महामन्त्री कोइरालाले कांग्रेसको आर्दश र सिद्धान्त स्वीकार गर्ने सबैलाई कांग्रेसको ढोका खुला रहेको बचाए। सुनिल थापालाई सहमहामन्त्री दिएर कांग्रेसमा ल्याउने सन्दर्भमा महामन्त्री कोइरालाले भने, ‘पञ्चायत छाडेर सूर्यबहादुर थापा नै कांग्रेसमा आएको भए बीपीले पार्टीमा स्वागत गर्नुहुन्थ्यो।’
राष्ट्रियता, प्रजातन्त्र र समाजवाद मान्ने सबै नेपाली कांग्रेस हुन सक्ने उनको भनाई थियो।
