PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

प्रहरीले बरामद गरेको सुन नक्कली, एक टुक्रा चाहिँ रहेछ सक्कली!



सविन ढकाल

प्रहरीले बरामद गरेको सुन नक्कली, एक टुक्रा चाहिँ रहेछ सक्कली!

काठमाडौँ : अबैध रुपमा भित्र्याएको भन्दै प्रहरीले बरामद गरेको १५ केजीमध्ये अधिकासं सुन नक्कली रहेको पुष्टि भएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले कमलादीबाट १५ केजी सुन बरामद गरेको जनाएको थियो। जफत भएका मध्ये एक टुक्रा अर्थात ५ सय ग्राम सुनमात्र सक्कली बाँकी सबै नक्कली रहेको पुष्टि भएको छ। बाँकी चाँदीमा भएको पुष्टी भएको हो।

'सुन भनेर बरामद गरेका हौं। सुन हो कि होइन चेक गराउन बाँकी छ,' सुन जफत भएसँगै एक प्रहरी अधिकृतले भनेका थिए। प्रहरीले फलो गरिरहेका एक मानिसले गाडीबाट झोला फ्याँलेर भागेका थिए। झोलामा हेर्दा सुनजस्तै धातु फेला परेको थियो।

महानगरीय प्रहरी परिसरले सुन नक्कली रहेको परीक्षणमा देखिएको जनाएको छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। त्यस्तै, प्रहरीले दुई थान हतियार समेत बरामद गरेको छ। प्रहरीले बरामद गरेकोमध्ये एक टुक्रा सक्कली र बाँकी नक्कली देखिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell