PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

योगेश भट्टराईले भने : नेकपा दुर्घटना नजिक, सल्लाह गरौं



पहिलोपोस्ट

योगेश भट्टराईले भने : नेकपा दुर्घटना नजिक, सल्लाह गरौं

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा पर्यटन मन्त्री योगश भट्टराईले पार्टी दुर्घटना नजिक पुगेको बताएका छन्।

नेकपाभित्रको आन्तरिक किचलो चरम अवस्थामा पुगेका बेला भट्टराईले यस्तो टिप्पणी गरेका हुन्। उनले सबैलाई रोकिन आग्रह गरेका छन्।

'दुर्घटना नजिक देखिन्छ, सबै रोकिऔ, सल्लाहा गरौ,' उनले ट्वीट गरेका छन्।  

नेकपाको मंगलवारका लागि तोकिएको स्थायी कमिटी बैठक अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले सहमति बिनै स्थगित गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहल प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल जसरी पनि बैठक राख्नुपर्ने भन्दै बालवुटारमा भेला भएका छन्।

उपाध्यक्ष बामदेव गौतमले भने ओलीलाई नै प्रधानमन्त्रीमा निरन्तरता दिनुपर्ने भन्दै ६ बुँदे प्रस्ताव अघि सारेका छन्। प्रचण्ड-नेपाल बहुमतबाट अघि बढने रणनीतिमा छन् भने ओलीले त्यसलाई रोक्न बैठक अनिश्चित कालका लागि स्थगित गरेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell