PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

रामचन्द्र पौडेल भेट्न बोहोराटार पुगिन् चिनियाँ राजदूत, के भयो कुराकानी?



पहिलोपोस्ट

रामचन्द्र पौडेल भेट्न बोहोराटार पुगिन् चिनियाँ राजदूत, के भयो कुराकानी?

काठमाडौं: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत होउ यान्छीले भेट गरेकी छिन्।

नेता पौडेल निवास बोहोराटारमा भएको भेटमा नेपाल चीन सम्बन्ध, कांग्रेस र चीन सम्बन्ध तथा कोभिड १९ नियन्त्रणमा चीनको सहयोगबारे छलफल भएको नेता पौडेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।

सयौं वर्षपहिले देखिको नेपाल र चीन बिचको सुमधुर सम्बन्ध र औपचारिक सम्बन्ध स्थापना भएको ६३औं वर्षगाँठको अवसरमा भेट भएको नेता पौडेलले उल्लेख गरेका छन्।

भेटमा विपि कोइराला र माओत्से तुङका पालादेखिको नेपाली कांग्रेस र चिनियाँ कम्युनिस्ट पार्टीबीचको सम्बन्धको चर्चा भएको थियो। ‘चीन सरकारले कोभिड १९ नियन्त्रणमा प्राप्त गरेको सफलता र नेपाललाई कोभिड नियन्त्रणका लागि यथेष्ट सहयोग गर्नेबारे चर्चा भयो,’ विज्ञप्तिमा भनिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell