PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

प्रचण्ड ओलीलाई भेटेर फर्किएपछि बैठक सुरु: ओली समूहका नेता छैनन् सहभागी



पहिलोपोस्ट

प्रचण्ड ओलीलाई भेटेर फर्किएपछि बैठक सुरु: ओली समूहका नेता छैनन् सहभागी
फाइल तस्विर

काठमाडौं: प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक ओली पक्षका स्थायी कमिटी सदस्य बिनै सुरु भएको छ।

मंगलवार ११ वजेका लागि बोलाइएको बैठक ओली पक्षले एकतर्फी स्थगित गरेपछि अर्का अध्यक्ष पुष्प कमल दाहल प्रचण्ड र बरिष्ठ नेता माधव नेपाल समूहले बैठक बोलाउने बताएका थिए। स्थायी कमिटी बैठक सुरु भएको स्थायी कमिटी सदस्य गणेश शाहले जानकारी दिए। शाहका अनुसार २० जना भन्दा बढि स्थायी कमिटी सदस्य बैठकमा सहभागी छन्। ओलीलाई प्रचण्डले भेटेर फर्किएपछि बैठक सुरु भएको हो।

ओली समूहका नेता भने बैठक स्थगित भएपछि बालुवाटार पुगेर फर्किएका छन्। प्रचण्ड-नेपाल समूहले भने जसरी पनि बैठक राख्ने भन्दै स्थगितको सूचना पाएका नेताहरुलाई फोन गरेर बोलाएका थिए। नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले भने आज बैठक बस्नै नसक्ने दाबी गरेका थिए। उनले पार्टी कार्यालयले स्थगित भएको सूचना नै जारी गरेकाले त्यो मात्रै आधिकारिक भएको बताए।

साउन ६ गते केहीबेर बसेको स्थायी कमिटी बैठकले १३ गते सम्मका लागि  स्थायी कमिटी स्थगित गरेको थियो। असार १० गते सुरु भएको बैठक महिना दिन भन्दा बढि समयसम्म अनिर्णित बनेको छ।

ओलीको राजीनामा माग्दै चर्किएको नेकपा बिवाद ओली प्रचण्डको पछिल्लो दिनको तिक्तताले झनै चर्किएको छ। पछिल्लो समय एक्ला एक्लै वार्तामा रहेका ओली प्रचण्डबीच केही दिनयता स‌‌‌म्वादसमेत हुन सकेको छैन। ओलीले मंसिरमा महाधिवेशन गरेर प्रचण्डलाई एकल अध्यक्षका लागि प्रस्ताव गरेको भएपनि प्रचण्डले अस्वीकार गरेर थप रणनीतिमा लागेका हुन्।

यता बामदेव गौतमले भने ६ बुँदे प्रस्ताव गरेर ओलीलाई साथ दिएका छन्। उनले पुरै कार्यकाल ओली प्रधानमन्त्री हुने बताएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell