PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

कालिकोटमा पहिरोले पुरिएका एक जनाको शव फेला, सात जना अझै बेपत्ता



पी बी खड्का

कालिकोटमा पहिरोले पुरिएका एक जनाको शव फेला, सात जना अझै बेपत्ता

सुर्खेत : कालिकोटको रास्कोट नगरपालिका-१ मा सोमवार राति गएको पहिरोमा पुरिएर बेपत्ता भएकामध्ये एक जनाको शव भेटिएको छ भने सात जना अझै बेपत्ता छन्। नगरपालिकाको बडुवालतोला र चोक्टेबगरमा दुई घर पहिरोले बगाउँदा ८ जना बेपत्ता भएको नगरपालिकाका प्रमुख काँशिचन्द्र बरालले जानकरी दिए।

उनका अनुसार वडा नम्बर १ बडुवालतोलास्थित जयबहादुर शाहीको घरका पाँच जना बेपत्तामध्ये जयबहादुरको शव भेटिएको हो। बाँकी बेपत्ता हुनेहरुमा शाहीका दुई छोरा, एक छोरी र साली रहेका छन्।

लगातार पानी परिरहेकाले उद्दार कार्यमा समस्या भइरहेको प्रमुख बराललको भनाइ छ।

‘सुरक्षाकर्मीसहित स्थानीयले उद्दार गर्ने काम भइरहेको छ’, उनले भने, ‘निरन्तर वर्षा भइरहेकाले उद्दार कार्यमा समस्या भएको छ।’

त्यस्तै, सोही वडाको चोक्टेबगरमा पनि टेके टमट्टाको घर पहिरोले बगाउँदा तीन जना बेपत्ता भएका छन्। टमट्टासहित तीन जना बेपत्ता भएका हुन्।

प्रमुख बरालका अनुसार सोही वडाको चोक्टेबगरका अन्य ९ घर र वेल्केढुंगाका ६ वटा घर समेत पहिरोका उच्च जोखिममा रहेको छ। उनीहरुलाई सुरक्षित स्थानमा सार्ने पहल भइरहेको उनले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell