PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

विराटनगरमा एक चिकित्सकसहित थप १६ जनामा कोरोना पुष्टि, ट्राभल हिस्ट्री नभएकामा पनि संक्रमण बढ्दै



फूलमाया पुरी

विराटनगरमा एक चिकित्सकसहित थप १६ जनामा कोरोना पुष्टि, ट्राभल हिस्ट्री नभएकामा पनि संक्रमण बढ्दै

विराटनगर : विराटनगर महानगरपालिकामा थप १६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा मंगलवार १६ जनामा संक्रमण देखिएको महानगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए।

कार्कीका अनुसार एक चिकित्सकसहित विराट नर्सिङ होमका तीन जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ। र, अन्यको कन्ट्याक ट्रेसिङका आधारमा संक्रमण पुष्टि भएको हो।

त्यसैगरी, पछिल्लो समय समुदायस्तरमा ट्राभल हिस्ट्री नदेखिएकामा पनि संक्रमण बढ्दै गएको कार्कीले बताए।

‘पछिल्लो समय ३७ जनाभन्दा बढी ट्राभल हिस्ट्री नभएका समुदायबाटै संक्रमित भएको देखिन्छ’, उनले भने, ‘जसले गर्दा उच्च जोखिममा छौं हामी।’

विराटनगर महानगरपालिकाका कोभिड १९ टिम सुपरभाइजर हैदर अलीका अनुसार १० र ११ गते आज पुष्टि भएका संक्रमितहरुको स्वाब संकलन गरिएको थियो। संक्रमितहरु सबैलाई सम्पर्क गरी कोभिड-१९ अस्पताल लैजाने तयारी भइरहेको अलीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell