PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

अलपत्र संक्रमितलाई राख्न होटललाई आइसोलेसन बनाउन वीरगंजका व्यवसायी तयार



राधेश्याम पटेल

अलपत्र संक्रमितलाई राख्न होटललाई आइसोलेसन बनाउन वीरगंजका व्यवसायी तयार
फोटो : रासस।

वीरगंज : पर्सामा कोरोना संक्रमण पुष्टि भएर घरमै अव्यवस्थित किमिसले बसेका संक्रमितहरुको उपचारको लागि वीरगंजका होटल व्यवसायीहरुले साथ दिने बताएका छन्।न्यूनतम शुल्कमा तत्कालै वीरगंजका ५० भन्दा बढी होटलहरुले बाथरुमसहित छुट्टै कोठामा राख्न वीरगंजका होटल व्यवसायी तयार रहेको बताएका छन्।

होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अधयक्ष हरि पन्तले एक विज्ञप्ति निकालेर स्थानीय प्रशासन र जनप्रतिनिधिहरुले वातावरण बनाएको खण्डमा महामारीमा होटल व्यवसायीहरु आइसोलेसनको सेवा दिन तयार रहेको बताएका छन्।

‘अहिले वीरगंजका घर–घरमा पोजिटिभ केस निस्किरहेका छन् तर बेडको अभावले आइसोलेसनमा राख्न नसक्दा सबैलाई घर घरमै यथास्थितिमा छोडिएको अवस्था छ,’ विज्ञप्तिमा भनिएको छ, ‘प्रायको घरमा छुट्टै रूम र ट्वाइलेट बाथरूम नहुँदा घरका अन्य सदस्यमा पनि संक्रमण फैलिने जोखिम छ, त्यसले अवस्था झनै विकराल बन्दै जाने जोखिम छ।’

तत्काल आइसोलेसन, बेडलगायत भौतिक पूर्वाधार निर्माणमा हुने खर्च र समयको कारण यो असम्भव देखिने भन्दै होटल व्यववसायीले जोखिम मोलेरै भए पनि अहिले देखिएको समस्याको तत्काल समाधान गर्नको निमित्त न्यूनतम मूल्यमा २ सय शैयाको एट्याच ट्वाइलेट बाथरूम भएको होटलहरु उपलब्ध गराउन तयार रहेको होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष पन्तले जानकारी गराए।

हालै काठमाडौंस्थित एक तारे होटलमा पनि नेपाल एयरलाइन्सका कोभिड संक्रमित कर्मचारीहरुलाई राखिएको उदहारण देखिएकोले त्यो प्रयोग वीरगंजमा पनि गरेर संक्रमितलाई बचाउन सकिने व्यवसायीको जोड छ। यस्तो भयो भने लक्षण देखिएर गम्भीर भएका संक्रमितलाई गण्डक कोभिड हस्पिटल र सामान्यलाई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा होटलमा राख्दा हाल देखिएको समस्या तत्कालका लागि टरेर जाने व्यवसायीहरुको विश्वास छ।

पर्सामा हालसम्म भेटिएका २७३ जना संक्रमितमध्ये साउन १ गते यतामात्रै १२० जना संक्रमित भेटिएका छन्। जसमध्ये ५ जनाको मृत्यु भएको छ भने साउनअघि पर्सा, बाराका गरी ३ जनाको मृत्यु भएको थियो।

त्यसैगरी, हाल वीरगंजको गण्डक कोभिड अस्पतालमा ६५ जना उपचाररत छन् भने ५२ जना वीरगंजका विभिन्न वडा र पर्साको विभिन्न पालिकाको आफ्नै घरमा अलपत्र र अव्यस्थित किसिमले बसिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell