PahiloPost

Nov 22, 2024 | ७ मंसिर २०८१

‘इनफ इज इनफ’को सत्याग्रहमा कांग्रेसको ऐक्यवद्धता

‘इनफ इज इनफ’को सत्याग्रहमा कांग्रेसको ऐक्यवद्धता

अमित मचामसी/पहिलोपोस्ट


काठमाडौं : कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारलाई दबाब दिँदै आएको ‘इनफ इज इनफ’को सत्याग्रहमा नेपाली कांग्रेसको ऐक्यवद्धता जनाएको छ। कांग्रेसका नेताहरुले बसन्तपुर पुगेर ‘इनफ इज इनफ’ अभियानमा संलग्न युवाहरुको आन्दोलनमा ऐक्यवद्धता जनाएका हुन्।

कांग्रेस नेताहरु नवीन्द्रराज जोशी, रामहरी खतिवडा, नेपाल विद्यार्थी संघका पूर्व सभापति नैनसिंह महर र काठमाडौं महानगरपालिकाका मेयर हरिप्रभा खड्की लगायतको सहभागिता रहेको थियो।

सतप्रतिशत पीसीआर परीक्षण हुनुपर्ने, क्वारेन्टाइनको अवस्था सुधार गर्नुपर्ने लगायतका माग राख्दै आएका अभियन्ताहरुसँग सरकारले असार २३ गते लिखित प्रतिवद्धता जनाएको थियो। प्रतिवद्धताहरु पूरा नभएपछि उनीहरुले पुनः सत्याग्रह शुरु गरेका हुन्।



ट्रेन्डिङ पोस्ट

Ncell