काठमाडौं : मंगलवार देशभर थप ३ सय ११ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ।
५ हजार ३२ जनामा गरिएको पीसीआर परीक्षणमा ३ सय ११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज १ सय २१ जना डिस्चार्ज भएको बताए।
हालसम्म जम्मा १३ हजार ८ सय ७५ जना डिस्चार्ज भएका छन्। मृत्यु हुनेको संख्या ४९ पुगेको छ।
