PahiloPost

Nov 14, 2025 | २९ कात्तिक २०८२

फरार रहेका बैकिङ कसुरका दोषीलाई पक्राउ गरी अदालतमा पेश



रासस

फरार रहेका बैकिङ कसुरका दोषीलाई पक्राउ गरी अदालतमा पेश

काठमाडौं : बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले दोषी ठहर गरी फरार रहँदै आएका एक व्यक्तिलाई मंगलवार प्रहरीले अदालतमा पेश गरेको छ।

मुद्दामा दोषी ठहर भएर पनि कैद भुक्तानी बेरुजु रही फरार हुँदै आएका नुवाकोट थानापति घर भई हाल ललितपुर महानगरपालिका-१४ बस्ने ४३ वर्षीय पारस लोहनीलाई प्रहरीले सोमवार पक्राउ गरी मंगलवार ललितपुर जिल्ला अदालतमा पेश गरेको हो।

काठमाडौंको मातातीर्थमा लुकीछिपी बसिरहेको भन्ने सूचनाका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को टोलीले उनलाई पक्राउ गरेको ब्युरोले एक सूचना जारी गरी जनाएको छ। उनलाई आवश्यक प्रक्रिया पूरा गरी अदालतमा उपस्थित गराइएको ब्युरोले जनाएको छ।

उनी विरुद्धको मुद्दामा अदालतको गत माघ २९ को फैसलाले २५ दिन कैद र २४ लाख रुपैयाँ जरिबाना हुने ठहर गरेको थियो। लोहनीले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी जाहेरवाला आकाश लामिछाने समेतका अन्य दुई जनालाई झुक्याएर बैंकहरुको चेक काटी दिएकामा बैंकिङ कसुरजन्य अपराध गरेको ठहर भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell