A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.697c8ae7676751.67303483): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.697c8ae7676751.67303483,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

काठमाडौं उपत्यकामा ५३ जनासहित ३७ जिल्लामा थपिए ३११ संक्रमित, यस्तो छ जिल्लागत विवरण
PahiloPost

Jan 30, 2026 | १७ माघ २०८२

काठमाडौं उपत्यकामा ५३ जनासहित ३७ जिल्लामा थपिए ३११ संक्रमित, यस्तो छ जिल्लागत विवरण



विधुर ढकाल

काठमाडौं उपत्यकामा ५३ जनासहित ३७ जिल्लामा थपिए ३११ संक्रमित, यस्तो छ जिल्लागत विवरण

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौंमा ४८ जनासहित ३७ जिल्लामा ३११ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। देशभर ५ हजार ३२ जनामा गरीएको पीसीआर परीक्षणमा ३११ जनामा कोभिड-१९ पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

संक्रमण पुष्टि भएकामा सबैभन्दा बढी डोटीका ५८ जना रहेका छन्। त्यसपछि धेरै संख्यामा काठमाडौंमा संक्रमण पुष्टि भएको हो। काठमाडौंमा ४८ सहित ललितपुरमा ४ र भक्तपुरमा १ जनामा पनि संक्रमण पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिए।

संक्रमण पुष्टि भएकामध्ये सुदूरपश्चिम प्रदेशमा ९७, वाग्मती प्रदेशमा ६० र प्रदेश २ मा ५३ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, प्रदेश ५ मा ४६ जना, गण्डकीमा २९, प्रदेश १ मा २२ र कर्णाली प्रदेशमा सबैभन्दा कम ४ जनामा संक्रमण पुष्टि भएको छ।

आज संक्रमण पुष्टि भएकामा कोशी अस्पतालमा भएको परीक्षणमा झापाका २ र मोरङका १६ जना तथा प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा झापा, ओखलढुंगा र मोरङका १/१ जनामा संक्रमण पुष्टि भएको छ।

गजेन्द्रनारायण सिंह अस्पताल प्रयोगशालामा सप्तरीका १५ तथा प्रादेशिक प्रयोगशाला जनकपुरमा धनुषा र महोत्तरीका ८/८ जनामा संक्रमण पुष्टि भएको छ।

नारायणी अस्पताल प्रयोगशालामा बारा र इलामका १/१ जना तथा पर्साका १३ जनामा संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य कार्यालय टेकुमा भक्तपुर र नुवाकोटका १/१ तथा कपिलवस्तुका ३४, काठमाडौंका ११ र सिन्धुपाल्चोकका ४ जनामा संक्रमण पुष्टि भएको छ। शुक्रराज ट्रपिकल अस्पताल प्रयोगशाला टेकुमामा दाङ, ललितपुर र रामेछापका १/१ काठमाडौंका ९ जनामा संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पताल प्रयोगशालामा नवलपरासी पूर्वका १ जनामा संक्रमण पुष्टि भएको छ।

पाटन अस्पालतमा धनुषा, पर्सा, ललितपुर र सर्लाहीका १/१ जना तथा त्रिवि शिक्षण अस्पताल प्रयोगशालामा नवलपरासी र काठमाडौंका १/१ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै, नेपाल प्रहरी अस्पताल प्रयोगशालामा भएको परीक्षणमा काठमाडौंका २१ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, स्टार अस्पताल प्रयोगशालामा काठमाडौंका ६ र ललितपुरका २ जनामा संक्रमण पुष्टि भएको छ।

पोखरा क्षयरोग केन्द्र प्रयोगशालामा कास्की र लमजुङका २/२ तथा स्याङ्जाका १८ जनामा संक्रमण पुष्टि भएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा बाराका ५ तथा रौतहट र मकवानपुर १/१ जनामा संक्रमण पुष्टि भएको छ।

भेरी अस्पताल प्रयोगशालामा दाङका ५ र बाँकेका ३ जनामा संक्रमण पुष्टि भएको छ। लुम्विनी प्रादेशिक अस्पताल प्रयोगशालामा नवलपरासी पूर्वका ५ र रुपन्देहीका २ जनामा संक्रमण पुष्टि भएको छ।

सुर्खेत प्रादेशिक अस्पताल प्रयोगशालामा सुर्खेतका ३ तथा दैलेख पीसीआर प्रयोगशालामा दैलेखकै १ जनामा संक्रमण पुष्टि भएको छ।

डडेलधुरा अस्पताल प्रयोगशालामा बझाङका ३ र डोटीका ३५ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै, सेती अस्पताल प्रयोगशालामा अछामका १६, डोटीका २ र कैलालीका १८ जनामा संक्रमण पुष्टि भएको छ। सेती अस्पतालमै भएको परीक्षणमा दार्चुला र कञ्चनपुरका १/१ जनामा पनि संक्रमण पुष्टि भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell