PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

कोरोना परीक्षणको रिपोर्ट लिन भन्दै संक्रमित व्यक्ति महानगरपालिकाको कार्यालय छिरेपछि...



फूलमाया पुरी

कोरोना परीक्षणको रिपोर्ट लिन भन्दै संक्रमित व्यक्ति महानगरपालिकाको कार्यालय छिरेपछि...

विराटनगर : विराटनगर महानगरपालिका कार्यालयमा एक व्यक्ति कोरोना परीक्षणको रिपोर्ट लिन पुगे। कार्यालय छिरेका उनको जनस्वास्थ्य महाशाखाले पहिचान गरी कोरोना संक्रमित भएको पुष्टि गरेको थियो।

महानगरपालिका कोभिड १९ टिम सुपरभाइजर हैदर अलीका अनुसार मंलवार दिउँसो कार्यालयमा पुगेका थिए उनी। १० गते उनको स्वाब संकलन गरिएको थियो। उनी विराट नर्सीङ होमका संचालक तथा चिकित्सकको प्रत्यक्ष सम्पर्कमा रहने व्यक्ति हुन्। उनी कन्ट्याक्ट ट्रेसिङमा परेकाले स्वाब संकलन गरी परीक्षण गरिएको थियो। ती व्यक्तिमा आजै कोरोना संक्रमण पुष्टि भएको हो।

‘उहाँ थाहा नपाएर रिपोर्ट लिन भन्दै महानगरपालिकाको कार्यालयमै आउनुभएछ’, अलीले भने ‘तर हामीले तत्काल पहिचान गरी रिपोर्ट हेयौँ र संक्रमण भएको पुष्टि भएको हो।’

ती व्यक्तिलाई संक्रमण भएको पुष्टि भएपछि सिधै कोभिड१९ अस्पताल लगिएको पनि उनले जानकारी दिए।

कसरी परे उनी कन्ट्याक्ट ट्रेसिङमा?

यसअघि साउन ७ गते बुधवार नै विराट नर्सीङ होमका सञ्चालक तथा चिकित्सकमा कोरोना संक्रमणको पुष्टि भइसकेको छ। तर, ती संक्रमित ८ गते मात्रै महानगरपालिकाको सम्पर्कमा आएका थिए। ३८ घण्टापछि महानगरपालिकाको सम्पर्कमा आएका उनले आफू सेल्फ आइसोलेसनमा बसिरहेको महानगरपालिकाका जनस्वास्थ्य महाशाखाका रमेश कार्कीले बताएका थिए।

मंगलवार कोरोनाको रिपोर्ट लिन भन्दै महानगरपालिका छिर्ने व्यक्ति तिनै संक्रमित चिकित्सकको प्रत्यक्ष सम्पर्कमा थिए। त्यसैका आधारमा कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् उनी।

त्यसो त कन्ट्याक्ट ट्रेसिङमा परेका ती व्यक्ति महानगरपालिका छिरेपछि महानगरपालिकाले मंगलवार नै एक सूचना जारी गरेको छ।

महानगरपालिकाको सूचना

कोरोनाको रिपोर्ट लिन भन्दै व्यक्ति स्वयं महानगरपालिका छिरेपछि थप सतर्कता अपनाइएको छ। जसका लागि महानगरपालिकाले पीसीआर जाँच रिपोर्ट लिने बारे सूचना जारी गरेको हो।

महानगरपालिकाले जारी गरेको सूचना अनुसार पछिल्लो समय विराटनगरमा समुदायस्तरमा कोरोना भाइरसका संक्रमितहरु दिन प्रतिदिन बढ्दै गएको छ। त्यस्तै, संक्रमित वा क्वारेन्टाइनमा बसेकाहरु पीसीआर जाँचको रिपोर्ट लिन भन्दै कार्यालयमा आएको पाइएको छ। 

आगामी दिनमा पीसीआर जाँचको रिपोर्ट नमुना संकलन गरिएको पाँच दिनपछि सम्बन्धित प्रयोगशाला वा वडामार्फत आउने बताइएको छ। संस्थागत रुपमा संकलन गरिएको नमुना परीक्षणको रिपोर्ट पाँच दिनपछि सम्बन्धित संस्था मार्फत लिन सूचित गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell