PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

टंगलमा मीननाथको रथारोहण

टंगलमा मीननाथको रथारोहण

अमित मचामसी/पहिलोपोस्ट


ललितपुर : पाटनको टंगलमा रहेका मीननाथलाई आज रथारोहण गरिएको छ। लोकेश्वर बुंग्द्य : (रातो मछिन्द्रनाथ) को रथारोहण भएको चौथो दिनपछि मीननाथलाई रथारोहण गराइएको हो।

रातो मछिन्द्रनाथको रथारोहण गराइएको चौथो दिनमा मछिन्द्रनाथका साथै मीननाथको रथ यात्रा समेत हुने गर्छ। तर, कोरोना संक्रमणका कारण यसपटक रथयात्रा अनिश्चित बनेको छ।

लकडाउन अन्त्त्य भएपछि गत शनिवार मछिन्द्रनाथलाई त: बहाबाट खटमा राखेर पुल्चोकमा रथारोहण गराइएको थियो। तर कोरोना संक्रमण नियन्त्रणमा नआएको अवस्थामा रथ यात्रा गर्ने बारे भन्ने अन्यौल कायम रहेको छ।

हाललाई सरकारले लकडाउन अन्त्य गरेपछि पूर्ण रुपमा सबै सेवाहरु संचालन भएका छैनन्। सरकारले भाद्र १ गते थप सेवाहरु संचालन हुने बताएको छ। त्यसैले मछिन्द्रनाथ र मीननाथको रथ यात्रा पनि भाद्र १ पछि गर्ने बारेमा छलफल भइरहेको छ। यद्यपि, सुरक्षित विधि अपनाएर त्यसअघि नै रथ यात्रा गराउने बारेमा पनि छलफल भइरहेको छ।  



ट्रेन्डिङ पोस्ट

Ncell