PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

'सत्याग्रह' को समर्थनमा वसन्तपुरमा 'र्‍याम्प शो'

'सत्याग्रह' को समर्थनमा वसन्तपुरमा 'र्‍याम्प शो'

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : कोरोना नियन्त्रण र रोकथामको लागि सरकारलाई खबरदारी गर्दै सत्याग्रहमा बसेका युवाहरुको समर्थनमा मंगलवार बसन्तपुरमा र्‍याम्प शो आयोजना गरिएको छ।

कोरोना संक्रमण बढ्दै गएको अवस्थामा सरकारलाई पीसीआर विधिबाट परीक्षण बढाउन सामाजिक संजालबाट सक्रिय भएको ‘इनफ इज इनफ’ को सत्याग्रहमा समर्थन जनाउँदै उक्त कार्यक्रम गरिएको हो।

र्‍याम्प शोमा सहभागी भएकाहरुले सरकारलाई खबरदारी गराउने नारा लेखेर वल्क गरेका थिए।

पाटनमा सत्याग्रहमा बसेका युवाहरुसँग सरकारी पक्षले पीसीआर परीक्षणलाई शतप्रतिशत लागू गर्ने सहमति गरेपछि युवाहरुले सत्याग्रह तोडेका थिए। तर सरकारले वाचा पूरा नगरेपछि फेरि युवाहरु वसन्तपुरमा सत्याग्रहमा बसेका हुन्। ११ दिनदेखि सत्याग्रहमा बस्दै आएकामध्य एकजनालाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लगिएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell