PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

गण्डकी प्रदेशमा थप ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि



पहिलोपोस्ट

गण्डकी प्रदेशमा थप ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौं : गण्डकी प्रदेशमा थप ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पोखरास्थित क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा थप ३१ जनामा संक्रमण देखिएको प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

योसँगै प्रदेशमा कुल संक्रमितको संख्या १ हजार ४३० पुगेको छ। संक्रमण पुष्टि भएकाहरुमध्ये स्याङ्जाका २५ तथा बागलुङका ६जना रहेका छन्।

जसमा स्याङ्जाको पुतलीबजार नगरपालिकाका २८ महिने बालकसहित १८ पुरुष र दुई महिला तथा अर्जुनचौपारी गाउँपालिकाका चार जना पुरुष, वालिङ नगरपालिकाका एक जना पुरुष रहेका छन्।

त्यसैगरी, बागलुङको निसीखोला गाउँपालिकाका पाँच जना पुरुष र वरेङ गाउँपालिकाका एक जना पुरुष रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell