PahiloPost

Jun 24, 2026 | १० असार २०८३

हत्या गरी फरार अभियुक्त क्वारेन्टाइनमा भेटिए



पहिलोपोस्ट

हत्या गरी फरार अभियुक्त क्वारेन्टाइनमा भेटिए

काठमाडौः प्रहरीले हत्या गरी फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ।

गोरखा अजिरकोट गाउँपालिका ४ घर भएका २२ वर्षीय गोर्खे भन्ने सुरज नेपालीलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो।

गएको जेठ १० गते साढे ६ बजेतिर काठमाडौं टोखा नगरपालिका वडा नम्बर २ खेगल पाखास्थित तिलवक खोलामा आन्दाजी २५ को पुरुषको हत्या गरी फरार थिए। फरार रहेका नेपालीलाई खोजी गर्दा गोर्खा अजिरकोट गाउँपालिकाको हिमालयन माबि सिम्जुङ नजिक रहेको नारी विकास महिला समूहको  क्वारेन्टाइनमा बसेको अवस्थामा नियन्त्रणमा लिएको परिसरका एसएसपी श्याम ज्ञवालीले जनकारी दिए।

हत्या गरिएका व्यक्तिको अझैंसम्म पहिचान हुन सकेको छ। घटना थप कानुनी प्रकृया भइरहेको प्रहरीले जानकरी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell