PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

पूर्वाधार निर्माण गर्दा बाघ लगायतका वन्यजन्तुको आवागमन सुनिश्चित होस् : राष्ट्रपति भण्डारी



पहिलोपोस्ट

पूर्वाधार निर्माण गर्दा बाघ लगायतका वन्यजन्तुको आवागमन सुनिश्चित होस् : राष्ट्रपति भण्डारी

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले बाघ लगायतका वन्यजन्तुहरूको आवागमन सुनिश्चित हुनेगरी पूर्वाधारहरू निर्माण गर्न र वन्यजन्तुलाई पर्नसक्ने नकारात्मक प्रभाव न्यूनीकरणका उपायहरू अवलम्बन गर्नेतर्फ गम्भीर ध्यानदिनुपर्ने जनाएकी छिन्।

विश्व बाघ दिवसका सन्दर्भमा यस्तो धारणा सार्वजनिक गरेकी हुन्। उनले बाघ अवलोकन गर्न आउने स्वदेशी एवं विदेशी पर्यटकबाट राष्ट्रलाई प्राप्त हुनसक्ने आम्दानीलाई अझ बृद्धि गर्न पर्यापर्यटनका गतिविधिहरू प्रवर्द्धन गर्नुपर्नेसमेत उल्लेख गरेकी छिन्।

सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा सम्पन्न विश्व बाघ सम्मेलनले हरेक वर्ष २९ जुलाईलाई अन्तर्राष्ट्रिय बाघ दिवसका रुपमा मनाउने घोषणा गरेको थियो। नेपालमा पनि यस दिवस मनाइँदैछ।

'आजको दिन बाघ लगायतका लोपोन्मुख वन्यजन्तुको प्रभावकारी संरक्षण गर्न प्रण गर्ने दिन पनि भएकाले यसबाट बाघको संरक्षणका लागि सम्बद्ध सबैलाई थप प्रेरणा मिल्नेछ भन्ने अपेक्षा गरेको छु,' राष्ट्रपतिद्वारा जारी संदेशमा भनिएको छ।

बाघ संरक्षणका लागि घाँसे मैदान र पानीका स्रोतहरूको व्यवस्थापन, नियमित रूपमा गस्ती, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, चेतनामूलक कार्यक्रम र आवधिक रूपमा यसको संख्या यकिन तथा अनुगमन लगायतका कार्यक्रम सञ्चालन गर्नुका साथै बाघ संरक्षण सम्बन्धी समुदायस्तर देखि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका अन्तर सरकारी सञ्जाल तथा मञ्चहरूमा नेपाल सरकार क्रियाशील रहेकोमा राष्ट्रपतिले खुशी व्यक्त गरेकी छिन्। यसबाट बाघ संरक्षणको क्षेत्रमा महत्वपूर्ण उपलब्धी हासिल भएको उनको भनाइ छ। 'बाघ संरक्षण एवं यसको चोरी शिकार तथा अवैध व्यापार नियन्त्रण कार्यमा निकुञ्ज र वन प्रशासन, नेपाली सेना लगायतका सुरक्षा संयन्त्र, स्थानीय समुदाय तथा सरोकारवाला संघ संस्थाहरूको महत्वपूर्ण योगदानको म सराहना

गर्दछु,' राष्ट्रपतिको संदेशमा भनिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell