PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

वीरगंजमा चिकित्सक, सुरक्षाकर्मी र कैदीबन्दीसहित थप ३४ जनामा देखियो कोरोना



राधेश्याम पटेल

वीरगंजमा चिकित्सक, सुरक्षाकर्मी र कैदीबन्दीसहित थप ३४ जनामा देखियो कोरोना

वीरगंज: वीरगंजमा मंगलवार रातिको रिपोर्टअनुसार, १० महिला र २४ पुरुषसहित ३४ जना कोरोना संक्रमित थपिएका छन्।

२७४ जनाको स्वाब संकलन गरी परिक्षण गर्दा ३४ जनाको रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालले जनाएको छ। अस्पतालका मेसु डा. मदनकुमार उपाध्यायका अनुसार ३४ जनामा २ वर्षदेखि ६५ वर्ष उमेर समूहका संक्रमित रहेका छन्।

जसमा ५ जना बालबालिका छन्। त्यसैगरी एक चिकित्सक, एक सैनिक, तीन जना प्रहरी, ६ जना वीरगंज कारागारका कैदीबन्दी तथा कर्मचारी र बाँकी कन्टयाक्ट ट्रेसिङ र पेड केसमा परीक्षण गराउनेहरु छन्।

संक्रमित हुनेहरु वीरुगंज वडा नम्बर ५ रोशमकोठी, वडा नम्बर ९ रानीघाट, वडा नम्बर १० आदर्शनगर, वडा नम्बर ११ श्रीपुर, वडा नम्बर १२ पावरहाउस चोक र मुर्ली, वडा नम्बर १३ राधेमाई, वडा नम्बर १५ भिस्वा, वडा नम्बर २५ श्रीसिया, वडा नम्बर ३२ बेल्वा र केही बाहिरका पनि रहेका छन्।

संक्रमित महिलाहरुको उमेर २, २, ४, ७, ३२, ३२, ६०, ४०, ५ रहेको छ भने पुरुषहरुको उमेर ४४, ६५, ४, २१, ५४, ३२, ६५, २५, ३६, २७, ३८, ४५, ५०, ४०, २२, ३६, ४२ वर्ष रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell