PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

रिया चक्रवर्तीविरुद्ध सुशान्त सिंह राजपुतका बुवाले दिए उजुरी



पहिलोपोस्ट

रिया चक्रवर्तीविरुद्ध सुशान्त सिंह राजपुतका बुवाले दिए उजुरी

अभिनेत्री रिया चक्रवर्तीविरुद्ध उजुरी दर्ता भएको छ। सुशान्तका बुवाले छोराको आत्महत्याको विषयलाई लिएर पटनास्थित राजीवनगर थानामा उजुरी दिएका हुन्।

राजीवनगरका कार्यकारी थाना प्रभारी योगेंद्र रविदासका अनुसार सुशान्तका बुवा केके सिंहले जुलाई २५ मा उजुरी दिएका हुन्। उनले रियाविरुद्ध सुशान्तसँग पैसा लिएको र आत्महत्या दुरुत्साहनको आरोप लगाएका छन्। रिया चक्रवर्ती सुशान्तकी प्रेमिका थिइन्।

हिन्दुस्तान टाइम्सले जनाए अनुसार सुशान्तका बुवाले रियाले सुशान्तलाई परिवारबाट टाढा राखेको र बैंक अकाउन्ट समेत आफ्नो नियन्त्रणमा राखेको आरोप लगाएका छन्। सुशान्तले आफ्नी दिदीलाई फोन गरेर रियाले आफ्नो मेडिकल डकुमेन्ट सार्वजनिक गरेर 'पागल' प्रमाणित गर्ने धम्की दिएको बारे ७४ वर्षीय केके सिंहले बताएका छन्।

विषयमाथि अनुसन्धानका लागि पटनाबाट प्रहरी टोली मुम्बई पुगेको छ।

सुशान्तले जुन १४ मा बान्द्रास्थित आफ्नै अपार्टमेन्टमा झुण्डिएर आत्महत्या गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell