PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

प्रहरी प्रधान कार्यालय कार्यरत थप ४ जनामा कोरोना पुष्टि, २ सय ६ जना प्रहरी संक्रमित



पहिलोपोस्ट

प्रहरी प्रधान कार्यालय कार्यरत थप ४ जनामा कोरोना पुष्टि, २ सय ६ जना प्रहरी संक्रमित

काठमाडौं : प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप चार जना प्रहरीमा कोरोना देखिएको छ।

प्रहरी अस्पताल महाजगंजमा भएको परीक्षणमा थप चार जनामा कोरोना पोजेटिभ देखिएको हो। पहिलो पटक हेडक्वाटरमा चार जना प्रहरीमा कोरोना देखिएको थियो। त्यसपछि उनीहरुको सम्पर्कमा आएका थप २३ जनामा कोरोना देखियो। प्रहरीमा कोरोना देखिएपछि थप ट्रेसिङ र परीक्षणको दायरा बढाएको थियो।' थप चार जनामा कोरोना देखिएको जानकारी आएको छ,' प्रहरी महानिरीक्षक सचिवालयका एसएसपी कुवेर कडायतले भने।

अहिलेसम्म हेडक्वारमा मात्र कार्यरत ३५ जनामा कोरोना देखिसकेको छ। कोरोना देखिएका अधिकांश प्रहरी सवारी शाखा र संचार शाखामा कार्यरत रहेका छन्। यी दुई शाखालाई पूर्णरुपमा सिल गरिएको छ।

यस स‌‌‌गै देशभर संक्रमित प्रहरीको सङख्या २ सय ६ पुगेको छ। जसमा ९९ जना उपचारपछि काममा फर्किसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell