PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

कोरोना संक्रमितको शव आफ्नै घाटमा दाहसंस्कार गर्न दिने पर्सा–बाराका वडाको निर्णय



पहिलोपोस्ट

कोरोना संक्रमितको शव आफ्नै घाटमा दाहसंस्कार गर्न दिने पर्सा–बाराका वडाको निर्णय

वीरगंज: बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ३ र पर्साको वीरगंज महानगरपालिका वडा नम्बर २१ ले कोभिड १९ संक्रमितको शव दाहसंस्कार गर्न दिने निर्णय गरेको छ।

पछिल्लो समय कोरोनाबाट मृत्यु भएका संक्रमितहरुको शवको दाहसंस्कारलाई लिएर समस्या उत्पन्न हुन थालेपछि बुधवार विहान परवानीपुरको बारा र पर्साका दुई वडाले वडास्तरीय संयुक्त बैठक बस्दै शव शदगद गर्न सहज वातावरण बनाउने निर्णय गरेको हो।

वीरगंज–पथलैया औद्योगिक कोरिडोरको परवानीपुर बजार त्रिभुवन राजमार्गमा पर्ने पर्सा–बारा जिल्लाको सीमा बजार हो। बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ३ र पर्साको वीरगंज महानगरपालिका वडा नम्बर २१ लिपनीविर्ताको क्षेत्रभित्र परवानीपुर बजार पर्छ।

वीरगंज २१ लिपनीविर्ताका वडाध्यक्ष हबिब मियाँ र बारा, परवानीपुर गाउँपालिका वडा नं ३ लिपनीमालका वडाध्यक्ष अनिल रामलगायत स्थानीयहरु भेलामा सहभागी थिए। उनीहरुले संयुक्त रुपमा यदि कोही आफनो वडाका संक्रमितको मृत्यु भएमा सम्बिन्धित वडाकै पुरानो अन्त्येष्टि घाट (खोला किनारका मसान घाट तथा मुस्लिमहरुको शव गाड्ने कब्रिस्तान)मा शवलाई दाहसंस्कार गर्न दिइने र नेपाली सेनालाई सघाउने निर्णय भएको परवानीपुरका नेपाली कांग्रेस वडा एकाई सभापति अनिल श्रीवास्तवले जानकारी दिए।

उनले मानवीयता मर्न नदिन र पर्सा बाराका अन्य स्थानीय पालिका तथा वडाको सरकारलाई अभिप्रेरित गरी प्रशासन तथा सेनालाई सहज बनाउन वडास्तरमा निर्णयय भएको बताए। दुई वडाको संयुक्त भेलामा लिपनीका महेन्द्र यादव, वीरेन्द्र सोनल, सोचन यादव, लिपनविर्ताका राजेन्द्र यादव, प्रदिप महतो, राजदेव महतो लगायतको सहभागिता थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell