काठमाडौं: राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव र उपाध्यक्षको सपथ आज हुँदैछ। भदौ १२ गतेको मन्त्रिपरिषदको वैठकले रमेशकुमार सिलवाललाई सदस्य सचिव र शिव कोइरालालाई उपाध्यक्ष नियुक्त गरेको थियो।
आज दिउँसो पौने ३ बजे युवा तथा खेलकुद मन्त्रालयमा सिलवालको र कोइरालले सपथ ग्रहण गर्नेछन्।
नयाँ खेलकुद विकास ऐन आएपछि राखेपमा सदस्य सचिवलगायतका पद खाली भएको थियो। जसका लागि मन्त्रालयले असार २८ गते दरखास्त आह्वान गरेको थियो।
सदस्य सचिवका लागि २७ जनाले आवेदन दिएका थिए। त्यसमा खेलकुद मन्त्रालयबाट गठित तीन सदस्यीय कमिटीले अञ्जु श्रेष्ठ र लीलबहादुर थापा र सिलवालको नाम सिफारिस गरेको हो। जसबाट मन्त्रिपरिषदले सिलवाललाई सदस्यसचिवमा नियुक्त भएका थियो।
दक्षिण एसियाली खेलकुद साग सफलताका साथ सम्पन्न गरेको जस लिएका सिलवाल अघिल्लो वर्ष असार महिनामा सदस्य सचिवमा नियुक्त भएका थिए।
