PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

सांसद सिटौलाले लिइन् पद तथा गोपनियताको सपथ



पहिलोपोस्ट

सांसद सिटौलाले लिइन् पद तथा गोपनियताको सपथ

काठमाडौं : समाजवादी पार्टीबाट सांसद बनेकी लिलादेवी सिटौलाले सपथ लिएकी छन्।

सभामुख अग्निप्रसाद सापकोटाले बुधवार दिउँसो संघीय संसद सचिवालय सिंहदरवारस्थित कृषि समितिको हलमा समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्य ललितपुर महानगरपालिका वडा नम्बर १३ निवासी सिटौलालाई पद तथा गोपनियताको सपथ गराएका हुन्।

सरिता गिरीलाई पार्टीबाट निष्काशित गरेपछि रिक्त ठाउँमा सिटौला सांसद बनेकी हुन्।

निर्वाचन आयोगमा समाजवादीले बुझाएको समानुपातिक सांसदको बन्द सूचीमा ‍गिरीपछि सिटौलाको नाम थियो। सोही आधारमा आयोगले सिटौलालाई सोमवार सांसदमा निर्वाचित गरेको थियो।

संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्न दिएको ह्वीप उल्लंघन गरेको भन्दै गिरीलाई पार्टीले साधारण सदस्य नरहने गरी कारबाही गरेको थियो। सो निर्णयले उनको सांसद पद गुमेको थियो।

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भएर अहिले जनता समाजवादी पार्टी बनेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell