काठमाडौं : 'इनफ इज इनफ' अभियानका पाँच जना अभियन्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
आज दिउँसो सिंहदरबारबाट पुकार बम लगायत पाँच जनालाई नियन्त्रणमा लिएको हो। उनीहरुले गृहमन्त्रालयमा सूचनाको हकको लागि निवेदन दिन गएको समयमा पक्राउ गरेको बताएका छन्। महानगरीय प्रहरी वृत सिंहदरबारको टोलीले नियन्त्रणमा लिएको हो।
बमसँगै प्रमेश श्रेष्ठ, समुद्र केसी लगायत पाँच जनालाई अहिले प्रर्दशनी मार्गमा रहेको महेन्द्र पुलिस क्लवमा राखिएको छ।
कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारलाई दवाव दिँदै आएको ‘इनफ इज इनफ’को सत्याग्रहमा छन्।
